प्रकाश अधिकारी/स्वतन्त्र उम्मेद्वार, काठमाडौँ क्षेत्र नंं. २
क्यामेरा आजको दूनियाँमा सबैलाई अनिवार्य चाहिने प्राविधिक साधन भइसकेको छ । हरेक मानिस मोबाइलमा रमाउने बानीको विकास भएका बेला क्यामेराको प्रयोगले त्यसलाई झन् सहज र सफल तुल्याइरहेको छ ।
क्यामेरा नै आजको दूनियाँमा सबैसँग जोडिने माध्यम बनेको छ । ठूलो विश्वलाई सानो प्राविधिक साधनभित्र खुम्च्याउन सक्ने क्षमता क्यामेराभित्र छ । यो सुन्दर प्राकृतिलाई मानिसले बोध गर्न र चिनाउने हाम्रो आँखा देखेर नै विज्ञानले आँखा जस्तै विशेषता बोकेको क्यामेराको रचना गरिएको तथ्य अनुमान गर्न सकिन्छ ।
क्यामरा आजको युगको एउटा अनुपम उपहार बनेको छ । क्यामराले आज ड्राइभरविहीन गाडीको सम्भव भएको छ । रोबोटको आँखा क्यामेरा हो । आर्टिफिसियल इन्टेलिजेन्स क्यामेराद्वारा नै बाहिरको वास्तविकतालाई अनुभव गर्ने गर्दछन । आज मानिसको हात हातमा क्यामरा छ । पैसा हाल्न र समान किन्न मानिस अहिले क्यामेराद्धारा स्कयान गरेर पैसा तिर्छ ।
क्यामेराले गर्दा सजिलो छिटो छरितो गरेको छ । अन्तरिक्षको दृश्य सिंगो ब्राम्हणडमा देख्न सकिन्छ । भूगोल र आकाशको खोज अनुसन्धानमा क्यामेराले उल्लेखनीय भूमिका खेलेको छ ।
टेलिस्कोप, हाइड्रोस्कोप क्यामेराको आधुनिक स्वरुप नै हुन् । फोटो खिच्ने क्यामेरा, सिसिटिभी क्यामेरा, टिभी क्यामेरा, फोटो पत्रकारिता, भिडियो क्यामेरा यी सबै यन्त्रसर्वत क्यामेरा हो ।
यसपटक म क्यामेरा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छु । काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिएर यस क्षेत्रका जनताको मुहार फेर्न एकपटक क्यामेराको प्रयोग जसरी मोबाइलमा भइरहेको छ, त्यसरी आफ्नो विचार, सोच, विकासको सोच पनि क्यामेरामार्फत नै चुनावमा देखाउन आम मतदातासमक्ष अपील गर्दछु ।
(अधिकारी काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्वार हुन्)









