तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुदमा सहभागी नगराउन आदेश

काठमाडौं : उच्च अदालत पाटनले तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको छ ।

सो कार्यको विरोधमा नेपाल तेक्वान्दो संघका खेलाडीहरुद्वारा उच्च अदालत पाटनमा अल्पकालिन आदेशका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्लाई विपक्ष बनाई दिइएको अल्पकालिन आदेश सम्बन्धी निवेदनको सुनुवाई असोज २६ गते बुधबार मुख्य न्यायाधिश श्यामजी प्रधानको एकल इजलासले अल्पकालिन अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् ।

प्रदेश खेलकुद परिषद्ले बागमतीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गत भदौ २० र २१ गते छनोट प्रतियोगितामार्फत आफ्नो प्रदेशका खेलाडी छनोट गरेको थियो । छनोट भएका खेलाडीले नियमित प्रशिक्षण पनि गरेका थिए । तर, प्रदेश खेलकुद परिषद्ले असोज १० गते सूचना प्रकाशित गरी असोज १२ र १३ गते युनियनका खेलाडी छनोट गरेको थियो । प्रदेश खेलकुद परिषद्ले पहिले छनोट भएका खेलाडीलाई बेवास्ता गर्दै युनियनका खेलाडीलाई मात्रै बन्द प्रशिक्षणमा सहभागी गराएको थियो ।

सो सम्बन्धमा उच्च अदालत पाटनद्वारा २०७९ भदौ असोज ९ र असोज १० गते प्रकाशित सूचनाको आधारमा प्रदेश खेलकुद परिषद् बागमतीबाट तेक्वान्दो खेलका लागि २०७९ असोज १२ र १३ गते खेलाडी छनौट सम्बन्धमा भए गरेका निर्णय, काम कारबाहीहरु कार्यान्वयन नगर्नु र नगराउनु भनी उच्च अदालत पाटनद्वारा नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ । सो आदेशको जानकारी बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती खेलकुद युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, संघीय युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।

अदालतको आदेशलाई छनौट भएका खेलाडीहरुले सम्मानित उच्च अदालतबाट आफूहरुले न्याय पाई वृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता हुन पाउनेमा आशावादी रहेका छन् । सम्मानित उच्च अदालतले असोज २८ गते शुक्रबार सो निवेदनउपर छनौट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता गराउनेमा ढुक्का रहेको नेपालको गहनाका रुपमा रहेका खेलाडीहरुले बताएका छन् ।

तर, एकाएक बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्य भण्डारीद्वारा पार्टीगत स्वार्थ राखी राष्ट्रिय तेक्वान्दोका खेलाडीहरुलाई सहभागिता गराउने उद्देश्यका साथ प्रदेशस्तरीय छनौट भइसकेका खेलाडीहरुलाई प्रतियोगितामा सहभागिता नगराउने षड्यन्त्र गरी उनीहरुको भविष्यप्रति नै खेलवाड गर्ने कार्य गरेको छनौट भएका खेलाडीहरुले गुनासो पोखेका छन् ।

[sidebar name="button post"]