काठमाडौं : माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
एमालेको टिकट पाएका साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा एमाले उम्मेदवारविहीन बनेको छ। स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका छन्। उनी एमाले स्थायी कमिटी सदस्य थिए।
आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।
सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् । ‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।









