काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् ।
बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले पार्टीका स्थायी कमिटी सदस्य भुसालको एमालेबाट भएको बहिर्गमनलाई अन्यायको प्रतिक्रियाको रुपमा अर्थ्याएका छन्। अन्यायपूर्ण कुरा गरेपछि कहिलेकाहीँ विद्रोह हुने उनको भनाइ छ।
“उहाँको त्यो स्वतन्त्रताको कुरा हो । उहाँको सन्दर्भमा त्यो कुरा मार्मिक छ । घनश्याम भुसालजी जुन ठाउँबाट सिफारिस हुनुभएको थियो, उहाँ स्थायी कमिटीको सदस्य, झन्डै पाँच दशक पार्टीमा काम गर्नुभएको । तर, उहाँलाई हटाएर हिजो जुन व्यवस्थाका निम्ति लड्यौँ,” रावलले भने, “जुन व्यवस्थालाई निर्दलीय भन्यौँ, त्यो व्यवस्थाका प्रमुख पात्रलाई उमेदवार बनाउँदा कुन एमालेका कार्यकर्ता, कुन नेपाली जनताले त्यो पाइला ठिक भन्न सक्ला ? यस्ता अन्यायपूर्ण कुरा गरेपछि कहिलेकाहीँ विद्रोह पनि हुन्छ । भनेर बताएका छन् ।









