काठमाडौँ : काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वार प्रकाश अधिकारीले क्यामेरा चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार अधिकारीलाई क्यामेरा चुनाव चिन्ह दिएको हो ।
स्वतन्त्र चुनाव लड्नेलाई आयोगले नै चुनाव चिन्ह दिने गरेको छ । यसअघि नै काठमाडाँै क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेद्वारी दिएका अधिकारी पछिल्लो समय तीव्र घरदैलो अभियानमा छन् ।
काठमाडौँ २ घर भएका अधिकारीलाई स्थानीयले रुचाएका छन् ।












