काठमाडौं: नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर १० मा सत्तारुढ गठबन्धनसँगको तालमेल तोडिएको घोषणा गरेको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् ।
त्यस्तै त्यहाँका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र मओवादीले एक–एक वटा लिने गठबन्धनमा सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।
काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।












