आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनिप्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











