स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौँ : स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् ।

 हिजो शुक्रबारदेखि रुघाखोकी र ज्वरो लगायत समस्या देखिएपछि राष्ट्रपति भण्डारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भण्डारीमा रुघाखोकी र सामान्य ज्वरो देखिएको छ । अस्पताल भर्ना भएलगत्तै राष्ट्रपति भण्डारीको आवश्यक चेकजाँच सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

[sidebar name="button post"]