काठमाडौँ: ज्योतिषशास्त्र अनुसार कुनै पनि ब्यक्तिको भविष्य, प्रेम, ब्यवसाय पत्ता लगाउने गरिन्छ । राशी अनुसार हरेक ब्यक्तिको भाग्य हर्न सकिने ज्योतिषशास्त्रमा पनि बताइएको छ । त्यस्तै कस्ता पुरुषलाई महिलाहरुले बढी रुचाउछन् भन्नेबारे पनि ज्योतिषशास्त्रमा बताइएको छ ।
ज्योतिष शास्त्रका अनुसार यस्ता केही राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरू प्रति महिलाहरू धेरै नै आकर्षित हुन्छन् । धेरै जसो युवतीहरूको आफ्नो उमेर परिपक्व भैसकेपछी आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्दछन् ।
कि धेरै माया गर्ने असल जीवन साथी परोस् । यसो त केटाहरूले नसोच्ने भन्ने पनि होइन । केटाहरूले पनि आफ्नो जीवनमा एउटा दुख सुखमा साथ दिने राम्री श्रीमती परोस् भन्ने कुरा सोचिरहेका हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आज हामीहरू यस्ता केही राशिको बारेमा बताउन गएका छौ जुन राशि भएका महिलाहरू पुरुष प्रतिआकर्षित हुने गर्छन्।
मिथुन राशि – मिथुन राशि भएका पुरुष तिर महिला धेरै आर्कषित हुने ज्योतिषशास्त्रमा बताइएको छ । यस राशि भएका पुरुषहरु बढी भाग्यमानी हुने पनि बताइएको छ । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्छन्। यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै राम्रो र स्मार्ट हुन्छ । यी पुरुषले महिलालाई आफु तिर आकर्षित गर्न मेहनत गर्नु पर्दैन । यो राशि भएका पुरुष कोमल मनका र रोमान्टिक खालका हुन्छन् । यी राशी प्रति महिलाहरु सजिलै आर्कषित हुने गर्छन् ।
सिंह राशि –सिंह राशी भएका पुरुषहरु आकर्षक हुनुको साथै प्रेमीका प्रति बफादार हुने गर्छन् । यो राशि भएका पुरुषको मन सफा हुनछ । यो राशिकाले नाता राम्रो बनाउन खोज्छन् । यो राशी भएकाहरु रोमान्टिक स्वभावका हुने गर्छन् । उनीहरु आफ्नो प्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले युवतीहरु यो राशीका पुरुषसँग मरिहते गर्छन् । प्रेमिकालाई आफ्नो मुटु जतिकै ठान्ने भएकाले जस्तो सुकै हद पनि पार गर्न सक्षम हुन्छन् । यो राशिका पुरुष महिलालाई जिस्क्याउने शैलीका हुन्छन् । यो राशिका पुरुष लजालु स्वभावका पनि हुन्छन् । जसलाई संवेदनशील महिलाले मन पराउने गर्छन् ।
तुला राशि – तुला राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुन्छ । यो राशी भएका पुरुषहरु आफ्नो स सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीलाई खुसी बनाउन धेरै तरिका लगाउँछन् । बोलीमा मात्र हैन व्यवहारमा पनि सफा भएको कारण यो राशी भएका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् ।जसले सुन्दर महिलाहरु चाडैं आकर्षित गर्न सक्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं क्षमता भएका हुन्छन् । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर ब्यवहार गर्छन् ।
मकर राशि – मकर राशिका पुरुष सबैभन्दा भाग्यमानी हुन्छन् । यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै भिन्न हुने गर्दछ । जसले महिलालाई आर्कषित गर्ने गर्दछ । लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् । मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् । साथै मकर राशिका पुरुष एक्टिभ र स्मार्ट समेत मानिन्छन् ।








