लोसपाका कार्यकारिणी सदस्य अकवाल मियाँ एमालेमा प्रवेश

काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।

लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपाबीच गठबन्धन गर्ने सहमति भएपछि मियाँ टिकटबाट वञ्चित भए ।

[sidebar name="button post"]