काठमाडौँ: चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्।
नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गरिरहेकी भट्टले गठबन्धनबाट प्रचण्ड उम्मेदवार बनेपछि कांग्रेसको मतमाथि रजाइँ गर्न नदिने भन्दै प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना पिताजीकोे त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्। कांग्रेसको सक्रिय राजनीतिमा रहेकी भट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।
उनले फेसबुकमा लेखेकी छिन्
प्रचण्ड विरुद्द मेरो उम्मेदवारी
गोर्खाले मलाइ न्याय गर्नेछ ।
गोर्खा क्षेत्र नं २ वाट प्रचण्ड विरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छु । जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउनेछु । गोर्खा क्षेत्र नं २ मेरो जन्मस्थान मात्र होइन । त्यहाँको नेपाली काँग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी छ ।
साथै उनले जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषयलाई आफ्नो चुनावी मुद्दा बनाउने बताइएकी छन्।
उनले गोरखा २ आफ्नो जन्मस्थान मात्र नभइ नेपाली कांग्रेस पार्टी निर्माणमा आफ्नो पिता रोहिणी भट्टको त्याग, तपस्या र बलिदानी रहेको बताएकी छन्।
उनी बेपत्ता पारिएका व्यक्ति छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगको सदस्य पनि हुन्।









