कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो ।

शनिबार झिसमिसे बिहानसम्म बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभा तर्फ

१. डडेलधुरा – शेर बहादुर देउवा (पार्टी सभापति एवम् प्रधानमन्त्री)

२. दार्चुला – दिलेन्द्र प्रसाद बडु (हाल उद्योग मन्त्री, संस्थापन इतर)

३. बाजुरा – बद्री प्रसाद पाण्डे (सहमहामन्त्री, संस्थापन इतर, पहिलो पटक चुनाव लड्दै)

४. अछाम २– पुष्पबहादुर शाह (जिल्ला सभापति)

५. मुगु – ऐन बहादुर शाही (जिल्ला सभापति, उनी सर्वसम्मत सिफारिस भएका थिए ।)

६. मनाङ – टेक प्रसाद गुरुङ (पूर्व मन्त्री)

७. तेह्रथुम – सीता गुरुङ  (अघिल्लो निर्वाचनमा पराजित।)

प्रदेश तर्फ

जुम्ला (ख)– ललितजङ्ग शाही

तेह्रथुम (क)– सन्तोष सुब्बा

ताप्लेजुङ (ख)– खगेन सिंह हाङ्वाङ ।

[sidebar name="button post"]