माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने निश्चित भएपछि मध्यरातमा एक ट्वीट गर्दै प्रचण्डको गोरखाबाट उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको बताएका छन् ।
“मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,” डा. भट्टराई सामाजिक सञ्जाल ट्विटरमा लेख्छन्, “वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !”