एकीकृत समाजवादीले टुंग्यायो संघमा चुनाव लड्ने १९ उम्मेदवार [सूचीसहित]

काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। यता रामचन्द्र पौडेललाई गत निर्वाचनमा हराएका किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रँदैछन्।

अरु नेताहरु कुन क्षेत्रबाट ?

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगनाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ – किसान श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जिवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्र पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणी चौधरी

१४. सल्यान – प्रकाश ज्वाला

१५. डोल्पा – धन ब. बुढा

१६. दैलेख क्षेत्र न. १ – अम्बर थापा

१७. अछाम क्षेत्र न. १ – शेर ब. कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेम ब. आले

[sidebar name="button post"]