एजेन्सी: मानिस सुन्दर देखिनुमा हाम्रो हातको नङको पनि ठूलो भूमिका हुन्छ । हामी प्राय हाम्रो अनुहारको सुन्दरतामा मात्र विशेष ध्यान दिन्छौं ।
अनुहार राम्रो भएपछि हामी सम्पूर्ण रुपमा सुन्दर भएको अनुभव पनि गर्छौं । हुन पनि कोहि सुन्दर छ कि छैन भन्ने कुरा उसको अनुहारले नै बताइरहेको हुन्छ । जसले गर्दा नङको सुन्दरताका बारेमा हामी खासै ध्यान दिदैनौं र नङहरु भाँच्चिने, टुक्रिने तथा आकार घट्दै जाने जस्ता समस्याहरु देखा पर्छन ।
नङ टुक्रिदा, भाँच्चिदा त्यसलाई हामी खासै ध्यान नदिएर सामान्य रुपमा लिने गरिन्छ । तर नङ के कारणले भाँच्चिन्छ भने कुरा बुझन् अनिवार्य छ ।
यदि तपाईंलाई आफ्नो नङको सौन्दर्य बढाउन मन छ भने यस्ता उपाए अपनआउनुहोस् :
ओलिभ आयल र कागतीको रसको मिश्रण गरेर पेस्ट बनाएर त्यो नङमा दलेर केही सम्म मसाज गर्ने । मसाज गरि राख्नु पर्छ, जबसम्म उक्त मिश्रण भित्री भागसम्म पुग्दैन ।
बढि नङ टुक्रिने समस्या भएमा नङका लागी नुनको प्रयोग गर्न सकिन्छ । मन तातोपानिमा दुई चम्चा नुन, दुई थोपा कागतीको रस र गहुँको बियाँको तेल मिसाएर राम्रोसँग गोलेर, उक्त पानीमा हातलाई १० मिनेटसम्म डुबाएर राख्ने । यस्तो हप्ताको २,३ पटक गर्दा नङ बलियो हुन्छ ।
भ्यासलिनको प्रयोग गर्ने । यसले छालालाई मात्र नभई नङको लागि पनि उपयुक्त हुन्छ । त्यस्तै दुध र अण्डाको बोक्रा मिसाएर पेष्ट बनाउने र नङमा लगाउने जसको कारण नङ पोषिलो देखिन्छ ।
प्राय महिलाहरुले नेल पोलिस दिनहुँ प्रयोग गर्छन् । त्यसको के कस्तो गुण थाहा नपाएर अनेक थरिका नेल पोलिस प्रयोग गर्न गर्छन् जसले गर्दा तपाईंको नङ तथा छालालाई असर गर्ने गर्छ । त्यसैले यदि तपाईलाई आफ्नो नङ सुन्दर बनाउन मन छ भने राम्रो गुण भएको ब्रान्डेड नेल पालिसको प्रयोग गर्न सक्नुहुन्छ ।









