प्रचण्डले छाडे चितवन, अब गोरखा-२ बाट चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न सुझाएका थिए। पटक पटक निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डले यसअघि २०७४ मा चितवनबाट चुनाव लडेका थिए।

तीनपटक संसदीय चुनाव लडेका प्रचण्ड २०६४ मा काठमाडौं १० बाट विजयी भएकोमा २०७० को निर्वाचनमा काठमाडौं १० मा पराजित भएका थिए। सिराह ५ बाट त्यतिबेला प्रचण्डले चुनाव जितेका थिए।

[sidebar name="button post"]