यी हुन् काठमाडौंका १० क्षेत्रमा एमालेका उम्मेदवार (सूची)

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको काठमाडौंको उम्मेदवार टुंग्याएको छ। नेकपा एमालेले बिहीबार राति काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लगाएको बताइएको छ ।

काठमाडौैं क्षेत्र नम्बर १ मा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाइएको छ । यस क्षेत्रको प्रदेशसभातर्फ गणेश दुलाल र आत्मराम शर्मा उम्मेदवार बनेका छन् ।

२ नम्बर क्षेत्रमा मणिराम फुयाल उम्मेदवार भएका छन् भने प्रदेशसभा तर्फ सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ उम्मेदवार चयन भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ३ तर्फ कृष्ण राईले टिकट पाएका छन् । उनी निवर्तमान सांसदसमेत हुन् । प्रदेशसभातर्फ रामेश्वर फुयाँल र चन्द्रमान लामाले टिकट पाएका छन् ।

काठमाडौं क्षेन नम्बर ४ तर्फ राजन भट्टराई उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा पनि उनी नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग यस क्षेबाट पराजित भएका थिए । फेरि उनी यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ तेज ढकाल र अर्काे प्रदेशसभाको टिकट देवराम थापा र विदुर खड्कामध्ये कस्लाई दिने टुंगो हुन बाँकी छ ।

काठमाडौं क्षेत्र नम्बर ५ तर्फ ईश्वर पोखरेल सर्वसम्मतिमा उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ दिपक निरौला र नारायण सिलवाल उम्मदेवार बनेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ मा केही समयअघि एमाले प्रवेश गरेका पूर्वप्रहरी महानिरीक्षक (पूर्वआइजीपी) सर्वेन्द्रनाथ खनाल उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ अमन शाक्य र निरेशलाल सिं उम्मेदवार बनेका छन् ।

त्यस्तै एमालेका सांसद रामवीर मानन्धरको क्षेत्र खोसिने भएको छ। उनको क्षेत्र काठमाडौ क्षेत्र नम्बर ७ जसपालाई दिने सहमति भएको छ। जसपाका राजेन्द्र श्रेष्ठ उक्त क्षेत्रबाट उम्मेदवार हुनेछन्।

त्यस्तै निर्वाचन नलड्ने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यलाई एमालेले क्षेत्र नम्बर ८ मा उम्मेदवार बनाएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने साविककै काठमाडौं-५ मा उम्मेदवार हुने भएका छन्।

यस्तै काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार भएका छन् भने प्रदेशसभामा हरिकृष्ण डंगोल र केशव पोखरेल उम्मेदवार भएका छन्।

काठमाडौं १० मा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई उम्मेदवार बनाउन तयारी गरेको भए पनि टुंगो भने लागेको छैन। यस क्षेत्रमा उनको नाम दर्ज भए पनि यसबारे टुंगो लागेको छैन । यस क्षेत्रको प्रदेशसभातर्फ शिवभक्ति बलामी र रामशरण बलामी उम्मेदवार बनेका छन् ।

[sidebar name="button post"]