काठमाडौं । मान्छेले अक्सर आफुलाई सुन्दर देखाउन चाहान्छन् । हरेक स्त्रीको चाहना हुन्छ सुन्दर देखिने । सुन्दर देखिनका लागि के के सम्म गर्दैनन् उनीहरु ? तर यहाँ एकजना केटीका लागि चाहीँ उनको सुन्दरता नै अभिषाप बनिरहेको छ ।
कसरी आफ्नो अनुहार, आँखामा चमक ल्याउने, कसरी कपाल नरम र बलियो बनाउने, कसरी ओंठ मुलायम बनउने, कसरी दाँत चम्किलो बनाउने, कसरी समग्र शरीरको ढाँचा आकर्षक बनाउने ? आफ्नो अत्यधिक सुन्दरताले उनलाई समस्या सिर्जना गरेको छ, बन्धन बनेको छ ।
सामान्यतया महिलालाई धेरै सुन्दर हुन मन लाग्छ । उनीहरुले आफु सुन्दर भएमा सहकर्मी भन्दा चाँडै उन्नति हुनेमा विश्वास राख्छन् । तर भर्खर भएको एक सर्वेले पुरुषको विषयमा भने ठिक उल्टो तथ्य पत्ता लागेको छ । अर्थात कुनै पुरुष कर्मचारी आकर्षक भएमा उसले झन् झन्झट भोग्नुपर्छ ।
युनिभर्सिटी कलेज लन्डनको स्कुल अफ म्यानेजमेन्टले गरेको अध्ययनबाट हाकिमको मनमा आफैमा सुन्दर कर्मचारीप्रति ईश्र्या भाव राख्ने पत्ता लागेको छ । यसको सिधै असर उनको प्रमोशनमा पर्छ । ८७० जना पेशेवरमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लागेको हो ।
प्रतिस्पर्धात्मक भूमिकाहरुलाई लिएर कैयौपटक आकर्षक कर्मचारीहरुलाई खारेज गर्ने गरेका छन्, जहाँ व्यक्तिगत प्रतिभाले अहम भुमिका निभाउने गर्छन् । जस्तो सेल्स तथा इनवेस्टमेन्ट बैंकिगं । यस्ता कर्मचारीहरुलाई त्यस्तो भुमिका दिइन्छ र जसलाई पुरै टिमले काग गर्छ र कामको श्रेय टीमले लिन्छ ।








