विवेकशील साझाका ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

बुटवल: विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् ।

लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा बुझाएका हुन्।

तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।

पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

No description available.

[sidebar name="button post"]