यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१६ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३५ पैसा र बिक्री दर ८४ रुपैयाँ ७४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा छ। जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा छ भने मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा कायम रहेको छ।

[sidebar name="button post"]