बालेन शाहको पुत्ला दहनसहित प्रदर्शन

काठमाडौँ: काठमाडौँको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्।महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्।

मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवा: समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्। प्रदर्शनकारीले विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका छन् ।

विदाको अवधि भर सबैले त्वा:छेंको तस्बिर सामाजिक सञ्जालमा राखेर पुनर्स्थापनाको माग गर्ने प्रदर्शनकारीले बताएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका हुन्।

यसरी शुक्रबार काठमाडौं महानगरको डोजर पहिलो पटक कोर क्षेत्रमा पर्ने बांगेमुढामा पसेर सामुदायिक भवन भत्काएको एक सहभागी बताउँछन्। यसरी कोर क्षेत्र भित्रै पस्न थालेपछि यसले अरू पनि भत्काउन सक्ने भन्दै विरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारी बताउँछन‍्।

[sidebar name="button post"]