युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गरेका छन्।

पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्।युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् ।

 यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ। अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ। राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन्।

युक्रेनले आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि सङ्घर्ष निरन्तर राख्ने जनाएको छ । सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो । त्यसबेलामा भएको जनमत सङ्ग्रहको पनि आलोचना गरिएको थियो । रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको बताउनुभएको छ । सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रुपमा उदाएको थियो ।

[sidebar name="button post"]