एजेन्सी: हिन्दू धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । वरिपरीको वातावरण सफा र शुद्ध राख्न मद्दत गर्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ ।
शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।
यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?
- शंखले यस्तो रोग पनि हटाउँछ:शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ । जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छन । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, मुटु र इंफ्लूएंजा नामक रोगहरू दुर भाग्दछ । यसले मृगौला र यौनअंगमा पनि अनुकुल प्रभाव पार्दछ ।
- शंख बजाउँदा निस्कने ध्वनीले भ्रामरी प्राणायामले जस्तै गरी मसितष्कमा एक प्रकारले थर्कावट भाईब्रेसन पैदा गर्छ जसका कारण मस्तिष्कमा आराम हुने र शान्ति पैदा हुन्छ । यसै कारण धेरै प्रकारका तनाव हट्छन् र मानसिक रोग हुन दिंदैन साथै स्मरण शक्ति ह्रास हुन नदिन पनि सहयोग गर्छ ।
- शास्त्रमा भन्या छ कि शंखबाट निस्कने ॐ।। को धुनले मानसिक रोग सन्चो बनाउँदछ । शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरीरमा उर्जा थप्दछ । यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।
- यदि तपाई आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस भन्ने चाहानु हुन्छ भने गर्भ अवस्थाको बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ । भकभकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिलाउनु निक्कै नै फाईदा जनका हुन्छ ।
- जुन दम्पति सन्तान चाहान्छन् र कुनै कारण उनीहरू सन्तान सुखबाट टाढा छन् भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ । अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ ।
- शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन् र हामीलाई आर्थिक नोक्सान हुन सक्छ । अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न, यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ ।
[sidebar name="button post"]










