काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ ।
बिहिबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९२ हजार ५ सय सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









