कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आयो- गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार बिहान चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मत्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको उल्लेख गरे ।

उनले आफ्नो राजनीतिको सक्रिय समय १० वर्ष मात्रै बाँकी रहेको उल्लेख गरे । आफूलाई धेरै मूर्ख, पागल भन्ने गरेको वृत्तान्त सुनाउँदै थापाले आफ्नो कारणले देशमा दुईवटा मात्रै काम भए पुग्ने बताए । आफूले कसैलाई निराश नबनाउने प्रतिबद्धता जनाउँदै थापाले पार्टीको उद्देश्यमा आफू लागिरहेको र सधैँभरि लाग्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरू निर्वाचनको गोल चक्करमा मात्रै सीमित भएको बताए ।

उनले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे। उनले सरकारमात्र निर्वाचनलगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासीन बनेकाे आराेप लगाए।

महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरूले स्वदेशमा नै रोजगारी पाउने कुरा पनि बताए।

[sidebar name="button post"]