१३ असोज, काठमाडौँ । आज विहिबार नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १२, ललितपुरमा ५ , चितवनमा २, झापा, मोरङ, सुनसरी, महोत्तरी, भक्तपुर र सिन्धुपाल्चोकमा एक एकजना संक्रमित थपिएका हुन् । थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९५ मा झरेको छ । एक हजार ४१ जना होम आइसोलेसनमा र ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९ जना आईसीयूमा रहेका छ ।
मन्त्रालयका अनुसार आज ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको जनाएको छ ।
[sidebar name="button post"]









