श्रेष्ठको नेतृत्वमा मधेश प्रदेश घोषणापत्र तयारी समिति गठन

काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसको मधेश प्रदेश समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश स्तरमा पनि घोषणापत्र तयारी समिति गठन गरेको छ।

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् ।

उक्त समितीमा २९ सदस्यीय समिति गठन गरिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी गराए ।

श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरिएको कांग्रेस मधेश प्रदेशका प्रचार–प्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए।

[sidebar name="button post"]