समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

काठमाडौं: कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् ।

 आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । बुढा तिनै नेता हुन्, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।

उनले आफू पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो । प्रदेशसभाको टिकट दिने प्रतिबद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेको भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए ।

[sidebar name="button post"]