४२ औँ विश्व पर्यटन दिवसकाे उपल्क्षयमा कागेश्वरी धाममा लायन्स कल्व अफ काठमाण्डौं, कागेश्वरी मनोहरा जिल्ला ३२५० काे समन्वयमा नेपाल प्रर्यटन बोर्ड र कागेश्वरी मनहराका नगरपालिकाद्धारा आयाेजित बृक्षाराेपण सम्पन्न भएकाे हाे ।

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो ।
विश्व पर्यटन दिवसका अवसरमा कार्यक्रममा सभापती कागेश्वरी मनोहराका नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सहसचिव राजेन्द्र कुमार के.सी, नेपाल प्रर्यटनका महानिर्देशक हाेम प्रसाद लुइँटेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी, उप-प्रमुख शान्ता थापा, मुख्य प्रशासकीय अधिकृत अजय बर्तौला, अतिथिहरु कागेश्वरी मनोहराका नगरपालिकाका जन प्रतिनिधी सञ्चारकर्मी तथा स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।
विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने बताउनु भयाे । नेपालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन नै यो क्षेत्र बचाइराख्ने विकल्प हो उहाँले भन्नुभयाे । उपत्यकाकाे शुन्दर नगरि यस क्षेत्रलाई बनाउन नेपाल सरकारकाे तर्फबाट बिशेष पहल गरिने बताउनु भयाे ।









