मह के हो ? यसका फाइदाहरु

काठमाडौं: आयुर्वेदिक औषधीय गुण भएको ‘खाए पनि ठीक लाए पनि ठीक‘ बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ ।

फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् ।

राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । मह दैनिक जविनमा कत्ति आवश्यक छ भनी चर्चा गरेका छौँ ।

महको स्वास्थ्य लाभहरू
१. महः रगतको लागि राम्रो
तपाईं महलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ, जसले शरीरमा विभिन्न स्तरहरूमा प्रभाव पार्दछ । यदि मनतातो पानीमा मह मिसाएर खाने हो भने, यसले रगतमा हुने रातो रक्तकोष (Red Blood Cells) को सङ्ख्यामा लाभदायक प्रभाव पार्दछ । रातो रक्त कोषिकाहरूले मुख्यतः शरीरको विभिन्न अङ्गहरूसम्म रगतमा अक्सिजन पुऱ्याउने काम गर्दछ । मनतातो पानीमा मह मिसाएर पिउने हो भने, रगतमा हुने हेमोल्गोबिनको मात्रालाई समेत बढाउँछ, जसले रक्तअल्पता हुन दिँदैन । 

२. महः रक्तचाप सुन्तुलित गर्छ
महको नियमित सेवनले रक्तसञ्चार–प्रणाली र रगतको रासायनिक गुणमा सन्तुलन ल्याउनुको साथै तपाईंलाई उर्जावान् र फूर्तिलो समेत बनाउँछ । यदि बसिरहेको अवस्थाबाट जरूक्क उठ्दा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंको रूक्तचाप निम्न भएको हुन सक्छ । निम्न रक्तचाप हुनु भनेको दिमागमा पर्याप्त अक्सिजन नपुग्नु हो । त्यसैगरी, यदि तपाईंले टाउको झुकाउँदा वा निहुराउँदा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंमा उच्च रक्तचाप भएको हुन सक्छ । उच्च रक्तचाप हुँदा वा अक्सिजनको कमीको कराणले तपाईंलाई चक्कर आउँछ ।

३. महः कीमोथेरापीमा लाभदायक
केही प्रारम्भिक अनुसन्धानबाट आएको परिणामले यो बताएको छ कि महको सेवनले कीमोथेरापीको बिरामीहरूमा सेतो रक्त कोषिकाहरू (White Blood Cells वा WBC) को सङ्ख्या कमी हुन दिँदैन । सानो स्तरमा गरिएको एउटा प्रयोगमा, कीमोथेरापीको बेला सेतो रक्त कोषिकाहरूको कमीको जोखिम भएका ४०% बिरामीहरूलाई उपचारको रूपमा प्रत्येक दिन दुई चम्चा मह दिइएको थियो, जसकारण त्यो समस्या पुनः देखिएन ।

४. महः चिनीको दाँजोमा उत्तम
सेतो चिनीले हाम्रो शरीरमा पार्ने हानिकारक असरहरूको बारेमा थुप्रै चर्चाहरू गरिएको छ । मह एकदमै उत्तम विकल्प हो, किनकि यो त्यति नै मिठो हुन्छ अनि यसबाट कुनै हानि समेत हुँदैन । महको रासायनिक तत्त्वहरूमा चिनीको गुण हुने भए तापनि यो सेतो चिनीको तुलनामा निकै भिन्न हुन्छ । महमा डेक्सट्रिन भन्ने स्टार्चयुक्त फाइबर हुन्छ । यो मिश्रणले शरीरमा सुगर (चिनी) को स्तरलाई सन्तुलित राख्न सहयोग गर्दछ ।

५. महः योग–अभ्यासमा सहायक
योग–साधना गर्ने व्यक्तिहरूका निम्ति दैनिक मह सेवन गर्नु निकै लाभदायक हुन्छ । योगको अभ्यास गर्नेहरूले आफ्नो शरीरलाई विशेष अवस्थामा लैजाने प्रयास गरिरहेका हुन्छन्, जसको लागि रक्तसञ्चार– प्रणाली एवं रगतको रसायनलाई सन्तुलनमा राख्नु अपरिहार्य हुन्छ । नियमित महको सेवन गर्नाले यसले त्यसमा सन्तुलन ल्याउँछ, साथै तपाईंको शारीरिक प्रणाली पनि बढी जीवन्त हुन्छ । अभ्यास सुरु गर्नुभन्दा अगाडि मनतातो पानी थोरै मह राखेर पिउनाले पूरै शरीर सक्रिय हुन्छ ।

अन्य के के छन् फाईदा ?
१.अदुवाको रस वा काढामा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ ।
२.पाकेको आँपको रसमा मह मिसाएर जण्डीसको बिरामीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चिनीको ठाउँमा मह दिन सकिन्छ ।
३.बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.शुष्क त्वचामा मह, दुधको तर क्रीम र बेसन मिसाएर लगाउनाले त्वचामा कान्ति छाउँछ ।
५.हृदयको धमनीको लागि मह शक्तिबद्धक हुन्छ । सुत्ने बेला एक गिलास पानीमा मह र कागती मिसाएर खादा कमजोर हृदयलाई शक्ति सञ्चार हुन्छ ।
६.पेटको सानो सानो घाउ र सुरुवातीको स्थितीको अल्सरलाई महलाई दुध वा चियाको साथ पिउनाले ठिक हुन्छ ।
७. सुख्खा खोकी लागेको बेला मह र कागती मिसाएर खाँदा लाभ हुन्छ ।
८.कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खाँदा राम्रो हुन्छ ।
९.रक्तचाप बढेको बेला लसुन र मह सेवन गर्दा लाभ प्राप्त हुन्छ ।
१०) महले मांसपेशिहरु बलवती हुन्छ ।
११) बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१२) अम्बा र अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।
१३) मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खादाँ मोटोपना नियन्त्रण गर्न सकिन्छ ।
१४) सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई चम्चा मह फीटेर तयार गरेर छालामा दल्नाले फाइदा हुन्छ ।

[sidebar name="button post"]