काठमाडौं :आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









