काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ।
थापाको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सञ्चालन गरिएको हो ।
उक्त क्याम्पमा चार वटा स्टेशन राखिएको थियो। पहिलो स्टेशनमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले रक्तचाप, मुटुको धड्कन र चिनीको मात्रा परीक्षण गरेको थियो। अर्को स्टेशनमा एनवाईएफसीले शारीरिक मूल्यांकन गरेको थियो। जसमा बडी मास इन्डेक्स (बीएमआई), वेष्ट हिप रेसियो (डब्लुएचआर), स्कीनफोल्डको परीक्षण गरिएको थियो।
[sidebar name="button post"]









