काठमाडौं: सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकास हुँदैछन्।
उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।
जबराविरुद्धको महाभियोग समयमै नटुंगिता कार्की कामुबाटै अवकास हुन लागेका हुन्। जबराको महाभियोग यसअघि नै टुंगो लागेको भए उनी केही समयका लागि भए पनि प्रधानन्यायाधीश भएर अवकाश लिन पाउने थिए।
भोलि सोमबार घटस्थापना र अदालत कोजाग्रत पूर्णिमासम्म बिदा हुने भएकाले आज विदाइ कार्यक्रमको आयोजना गरिएको सर्वोच्चले जनाएको छ ।
[sidebar name="button post"]









