राष्ट्रपतिविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ सुरु हुन सकेन

काठमाडौँ: नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिविरुद्ध परमादेश माग गर्दै दर्ता भएका रिट निवेदनहरूमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ आरम्भ हुन सकेन।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी रहेको मुद्दाको पालो आउन सकेन।

राष्ट्रपति विद्यादेवी भण्डारीसहितलाई विपक्षी बनाउँदै पाँच थान रिट सर्वोच्चमा दायर भएको थियो। अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेको थियो। अन्तिममा परेका कारण सुनुवाइका लागि शुक्रबार पालो आएन।

अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेको थियो। अन्तिममा परेका कारण सुनुवाइका लागि शुक्रबार पालो नै आएन।  प्रतिनिधिसभाको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म त्यसै राखेपछि उक्त कदम संविधानको धारा ११३ को उल्लंघन भएको दाबी रिटमा गरिएको छ।

[sidebar name="button post"]