पुँजीको विकासका लागि वाम एकता अपरिहार्य

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको विकासका लागि वाम एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन् ।

उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाइ छ। उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा व्यक्त गरे।

नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे । उनले तीन खम्बे अर्थ नीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।

[sidebar name="button post"]