काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको बताएका छन् ।
‘एमाले विचार, दृष्टिकोण र त्यसका आधारमा तयार भएको घोषणा पत्र लिएर निर्वाचनामा होमिइसकेको छ, तर सत्ता गठबन्धनसँग न विचार छ न नीति छ न कार्यक्रम छ न दृष्टिकोण छ न निर्वाचनमा जान घोषणा पत्र छ यस्तो अवस्थामा उसलाई जनता सामु जान र अप्ठेरो परिरहेको छ’, पौडेलले भने ।
पौडेलले थपे, ‘आगामी सरकारको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाएर निर्वाचनमा लागेका छौँ । तर, गठबन्धनलाई सोध्यो भने उनीहरूले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैन ।’
निर्वाचनमा सरकारले नेतृत्व एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको भनेर अगाडि सारिसकेको पौडेलको भनाइ छ । एमाले प्रदेश कमिटी लुम्बिनीको सल्लाहकार परिषद बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सत्ता गठबन्धनसँग विचार, नीति र कार्यक्रम केही छैन ।
मुलुकको नेतृत्व गर्ने त्यसलाई निर्देशित गर्ने साझा घोषणापत्र समेत नभएको जनताले पत्याउने कुनै आधार छैन ।’ सत्ता गठबन्धनसंग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएको जनताले पत्याउने कुनै आधार नभएको उनको दाबी छ ।











