छालाको सुन्दरता बिगार्ने यी बानीहरु

एजेन्सी:  छाला मानव जीवनको एक अंग हो । यो अंगले मानव शरीर बाहिरबाट ढाकेर राखेको छ । छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामको फाइबर हुन्छ । यी फाइबरको काम छालाको सपोर्ट दिने हो । घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् ।

 छालाको स्याहार कसरी गर्न सकिन्छ भनेर एस.एम.एस कस्मेटिक एण्ड ब्युटी पार्लरकी सञ्चालक एवम् सौन्र्दयकर्मी सुलोचना तिमिल्सिनासँग गरेको कुराकानीको सारसंक्षेत प्रस्तुत गरिरएको छ ।

नुहाएपछि तौलियाले बेस्कन पुछ्नु
नुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छाैं। यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ। नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ। त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ।

सुगन्धित साबुनले नुहाउनु
साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ। जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ।

जाडोमा सन्सक्रिम नलगाउनु
जाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं। तर, छालालाई हानि पुर्‍याउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ।

तातो पानीले धेरै बेर नुहाउनु
तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।

[sidebar name="button post"]