‘प्रेमगीत–३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता

काठमाडौं । सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिइएको छ ।

निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो। यसको नेपाली संस्करण पहिला नै सेन्सर भइसकेको छ। तर हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो।

 फिल्मले ३० हजार भन्सार शुल्कसमेत तिरेको बताइएको छ । निर्माता–निर्देशक सन्तोष सेनको आशुसेन प्रोडक्सनले हिन्दी संस्करणलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए ।

हिन्दीको सुविधा दिन नहुने भन्दै चर्को विरोध भएपछि अन्ततः बोर्डले विदेशी फिल्मको मान्यता दिएर सेन्सर सिफारिस गरेको हो । शुक्रबार नेपालमा प्रेमगीतको नेपाली र हिन्दी संस्करण प्रदर्शनको तयारीमा छ ।

वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए ।
[sidebar name="button post"]