काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सत्तारूढ तीन दलका युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिष्ट लिग (वाइसिएल) अध्यक्ष सुवोधराज सेर्पालीले बुधबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन्।
उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो।’
हेर्नुहाेस् विज्ञप्ति

[sidebar name="button post"]











