काठमाडौं : माइतिघरमा संविधान विरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्।
संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले ‘कालो संविधान’ भन्दै नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा दुवै पक्षबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
[sidebar name="button post"]









