माओवादी पदाधिकारी बैठक : समानुपातिक सूची भोलि टुंगो लगाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूची भोलिमात्रै टुंगो लगाउने भएको छ ।

आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समानुपातिक सूचीबारे छलफल भए पनि अझै निष्कर्षमा भने पुग्न बाँकी रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ । ठूला दलहरूले भने सोमवार मात्रै समानुपातिकतर्फको बन्द सूचीमा आयोगमा बुझाउने भएका छन् ।

[sidebar name="button post"]