सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड

सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ ।

सोमबार पनि ५ घण्टा बसेको बैठकले सिट बाँडफाँडमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो/तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।

[sidebar name="button post"]