Ad #144479

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ।

गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले बताए।

कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरूषमा हैजा भेटिएको उनले बताए। थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।

अहिलेसम्म तीन जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किसकेका छन्।