Ad #144479

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएका अपाच्य, गाली, कानुनविपरीत तथा सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरीले हटाउन थालेकाे हाे।

नेपालको कानुनविपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।