स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो

स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। वालिङ नगरपालिका–१४ पञ्चमूलमा ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो।

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका प्रविण कुँवर, कुलदिप कुँवर, टेककला कुँवर, जमुना कुँवर, जानुका कुँवर, डेम कुमारी कुँवर, कुमारी कुँवर, हरीकला कुँवर, भिमकला कुँवर, पोट कुमारी कुँवर, ज्ञान दली कुँवर, फूलदेवी कुँवर,मिना कुँवर र माया पुन रहेका छन्।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताए।

दुर्घटनामा घाइते हुनेहरूमा नेत्र बहादुर कुँवर, सरस्वती कुँवर, अनिष कुँवर, बेल माया कुँवर, ज्यामकली कुँवर, ज्ञान माया कुँवर, भुल बहादुर कुँवर, कविता कुँवर, कुशल कुँवर, कौशल कुँवर, सीता कुँवर, गौमती थापा रहेका छन्।

मतदान केन्द्र पैदल यात्रामा टाढा रहेकाले स्थानीय जिप चढेर मतदान गर्न गएका थिए।

[sidebar name="button post"]