२१ फाल्गुन, काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै ३६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।
[sidebar name="button post"]









