मलखादको आपूर्तिका लागि नेपाल र भारतबीच सम्झदारी भएको छ ।
जीटुजी व्यवस्थामार्फत् युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो सम्झौता ५ वर्षका लागि हुनेछ ।
सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ ।
जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने जनाइएको छ ।
समारोहमा मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।









