Ad #144479

८ फाल्गुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

६ हजार ५७२ जनामा पीसीआर परीक्षण गरिएकोमा २२९ जनामा र ३ हजार २४३ जनामा एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १ हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन्।