२७ माघ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनामा परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
८ हजार ८८० जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १३ जनामा र ३ हजार जनामा एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ २ हजार २३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशमा हालसम्म २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]











