थप ३,६३७ जनामा कोरोना संक्रमण,१२ जनाको मृत्‍यु,

१९ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २ हजार २०५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]